आइतबार जलमग्न तनहुँको दुलेगौडा बजार। पानी बग्ने उचित व्यवस्थापन नहुँदा हरेक वर्षामा बजार जलमग्न हुने गरेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस

काभ्रेको मण्डनदेउपुरमा जमिन जोत्दै युवा। अहिले गोरु जोतेको एक दिनको ज्याला २५ सयदेखि तीन हजार रुपियाँसम्म लिने गरेको उनीहरुले बताएका छन्। तस्बिर: शेखर चौलागाईं

मध्यपुरथिमी नगरपालिका बोडेमा ‘जिब्रो छेड्ने जात्रामा यो वर्ष ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले नवौं पटक जिब्रो छेड्नुभएको छ। तस्बिर: शेखर चौलागाईं

भक्तपुर ठिमीको सिन्दुरे जात्रामा सहभागी स्थानीयको भीडभाड। तस्बिर: कविता थापा

काठमाडौंकाे तारकेश्रवर नगरपालिकाकाे तीन पिप्ले क्षेत्रमा बढ्दै गएको सहरीकरण। तस्बिर: कविता थापा

कोशी ब्यारेजबाट वैशाख १ गते देखिएको सूर्योदयको दृश्य। तस्बिर: सागर बस्नेत