दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विष्फोटका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । गत डिसेम्बरपछि चौथोपटक रेक्जेन्स प्रायद्धीपमा ज्वालामुखी विष्फोट भएको हो ।

ज्वालामुखी विष्फोट भएको ठाउँबाट नजिकैको सानो शहर ग्रिन्डाविक सबैभन्दा बढी प्रभावित भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई घर घोड्न आग्रह गरिएको छ । साथै त्यहाँको लोकप्रिय पर्यटकीय गन्तब्य मध्येको ब्लु लगुन पनि खाली गराइएको छ ।

प्रभावित क्षेत्र वरपर विशाल लाभा फैलिएको छ । जसकारण वरपरको क्षेत्र धुँवाको मुस्लो उडिरहेको छ । आइसल्याण्डको हवाई क्षेत्रलाई भने खुल्ला राखिएको छ ।

नागरिक सुरक्षा सेवाका अनुसार ज्वालमुखी विष्फोट स्थानीय समय अनुसार शनिबार राति ८ बजेबाट शुरु भएको हो ।