तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन । हिजो साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने दिपक लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ ।  मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको छ ।