रौतहटको एक विद्यालयका प्रधानाध्यापक शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
रौतहटको धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको हो।
शिक्षक नियुक्तिका लागि खुलाएको विज्ञापनमा रितपूर्वक दर्खास्त दिए पनि प्रधानाध्यापक संजयले बिचौलियामार्फत् घुस लिएको आरोप छ । घुस मिलाउने बिचौलीया अरविन्द प्रकास साह कानुसमेत पक्राउ परेका छन् ।
घुस लिएकै अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई वीरगञ्ज नगरपालिका–१३ को अदालत रोडमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको हो ।
प्रतिकृयाहरु