सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटनामा परि मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । ईमाजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार मृत्यु भएको हो ।

विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ । मृतकको उद्धारका लागि एसपिसिसिको टोली गएपनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपसिसिले जनाएको छ ।