छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा
छोरीहरुलाई सामाजिक एवं आर्गिक रुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई
शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु  बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ्ग 
नगरपालिकाको विशेष योजना अन्तर्गत “नगरकी छोरी” कार्यक्रम शुभारम्भ 
भएको छ । बागलुङ्ग नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु 
बैंक लि. का तर्फबाट बागलुङ्ग शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी”
कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।बागलुङ्ग नगरपालिका वडा
नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी”
कार्यक्रमको शुभारम्भ गरिएको हो ।
“नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम मिति २०८० आषाढ १
गते पश्चात्  बागलुङ्ग नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको
अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ्ग नगरपालिकाको सिफारिसका आधारमा प्रभु 
बैंक लि. को शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ्ग नगरपालिकाको
तर्फ बाट एकमुष्ट  रु. ५,०००।– (अक्षरेपी पाँच हजार रुपैयाँ) जम्मा गरिनेछ र प्रभु बैंकले
म७३घढसद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ । यसरी खाता
खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छान अनुसार थप रकम जम्मा गर्न पाउनेछन् र २०
वर्षको अवधि समाप्त भए पश्चात् सम्बन्धित व्यक्ति /छोरीले उक्त खातामा जम्मा भएको रकम
झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो ।
प्रभु  बैंक लि. सँगको सहकार्यमा बागलुङ्ग नगरपालिकाद्धारा शुभारम्भ  गरिएको
“नगरकी छोरी” कार्यक्रमबाट  बागलुङ्ग नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक
सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं  बागलुङ्ग
नगरपालिकाको लक्ष्य प्राप्ती बढ्ने बैंकले विश्वास लिएको छ ।