जिल्ला प्रहरी कार्यालय धादिङले निकै डुलो परिमाणमा गाँजा र सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई सय १९ किलो ग्राम गाँजा र अफिम जस्तो देखिनेको कालो पदार्थ पनि केही परिमाणमा पक्राउ गर्न सफल भएको छ ।
पृथ्वी राजमार्ग हुँदै भारतीय नम्बर प्लेटको मिनी ट्रकमा फल्स बटन बनाई लुई छिपाई चितवनतर्फ लग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगी माराको संयुक्त टोलीले प्रतिबन्धित लागु औषध गाँजा पक्राउ गरेको हो ।
पृथ्वी राजमार्ग हुँदै चितवनतर्फ निकै ठुलो परिमाणमा अवैध लागु औषध लग्दै छ भन्ने सूचनाको आधारमा प्रहरीले चेक जाँचका क्रममा बेनी घाट रोराङ्ग गाउँपालिका स्थित खटौती भन्ने स्थानबाट BR 01 GB 8653 नं.को भारतीय TATA मिनी ट्रक सहित प्रतिबन्धित लागु औषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेष राज रिजाले बताउनु भएको छ ।
पक्राउ पर्नेहरूमा पर्सा जिल्ला वहुदरमाइृ नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय दिननाथ यादव र पर्साकै कालिका माई गाउँपालिका वडा नम्वर १ निवासी ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय गजुरीमा म्याद थप गरी हिरासतमा राखिएको इलाका प्रहरीका कार्यालय गजुरीका प्रमुख विकास थापाले जानकारी दिनु भएको छ ।
गाँजालाई उनीहरूले तिस ओटा प्याकेटमा प्लास्टिकले बेरेर राखेका हुन् । यसै गरी धुनिवेशी नगरपालिका ९६ धर्केबाट करिब २ किलोग्राम अवैध लागू औषध पोल्यान्ड र नगद ४० हजार ४ सय ६५ रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका८ बाघ बैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् ।
इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले गत शनिबार दिउँसो बा प्र०२०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । उनिहरुलाई धार्के हुँदै सितापाईला जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागी प्रहरीले राखेका छन् ।
प्रतिकृयाहरु