बुढानिलकण्ठ नगरपालिका वडा-३ मा अवस्थित बाल विकास बोर्डिङ्ग हाई स्कूलमा " Global MOney Week 2024 " को कार्यक्रम चैत्र ५ गतेका दिन बिद्यालय प्रांगणमा सम्पन्न  भएको छ। ग्लोबल मनी विक ‘२०२४ प्रोटेक योर मनी, सेक्यूर योर मनी’   भन्ने मूलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ ।ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्त्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । 


नेपाल बैंक लिमिटेड ,प्रकृति संरक्षण समाज र बाल बिकास बोर्डिङ्ग हाई स्कूलको सहकार्यमा बिद्यालयका ४५० बिद्यार्थीहरुले दैनिक एक रुपैयाँ बचत गरि बार्षिक ३६५ रुपैयाँ अनिवार्य बचत गर्ने गरि एक बिद्यार्थी दैनिक बचत बैंक खाता खोलि बिद्यार्थीहरुलाई चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकक प्रवन्ध निर्देशक टेक राज भण्डारी , बिधुत प्राधिकरण केन्द्रिय कार्यालयका श्रीराम पोखरेल ,नेपला बैंक लिमिटेड हात्तीगौंडा, शाखाका प्रवन्ध निर्देशक निरज घले ,योग शिक्षक किशोर जोशी ,कौशी खेति अभियन्ता पवित्रा भण्डारी , बिस्व साइकल यात्री पुस्कर शाह  , प्रकृति संरक्षण समाजका अध्यक्ष कुमार कटुवाल , राष्ट्रीय खेलाडी राजु कटुवाल , ई-ड्राईव नेपालका सन्तोष कुमार अर्याल , बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल केशर खुलाल ,उधमी बलराम प्रजापति लगायतले अतिथिको रुपमा सहभागिता जनाउनु भएको  थियो। कार्यक्रममा बिद्यार्थीहरुलाई ,वित्तिय साक्षरता, प्रकृति संरक्षण ,योगा लगायत बिषयहरु समावेश गरि  " Global Money Week 2024 "  शुभारम्भ  गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले वित्तीय प्रणाली , प्राकृतिक सम्पदा संरक्षण ,योगा , व्यापार-व्यवसाय ,बचत र आ- आफ्ना जिवन का महत्वपुर्ण अनुभवहरु बिधार्थीहरुलाई जानकारी गराएका थिए। 

कार्य्रक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै प्रिन्सिपल महेस श्रेष्ठले  Global Money Week २०२४ कार्यक्रमले वित्तिय ज्ञानका साथै उपस्थित अतिथिहरुले प्रदान गर्नु भएका आफ्ना ज्ञान र अनुभवले बिद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको र यस किसिमका कार्यक्रमले भविष्यमा बिद्यार्थीहरुलाई अगि बढ्न धेरै नै सहयोग पुग्ने बताउनु भएको छ ।

" Global MOney Week 2024 " को कार्यक्रममा सहभागिता जनाई बिद्यार्थीहरुको बैंक खाता खोलि चेक हस्तान्तरण गर्ने बाल विकास बोर्डिंग हाई स्कूल नेपाल भरि नै पहिलो बिद्यालय हुन् पुगेको छ ।