पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादु महरालाई भेपमार्फत सुन तस्करी प्रकरण अनुसन्धानका लागि प्रहरीले पुन: पक्राउ गरेको छ ।

महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आज दिउसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रकाउ गरेको  सिआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठले नेपाल टिभी अनलाइनलाई जानाकारी दिनुभयो ।

”उहाँलाई भेपमार्फत सुन तस्करी प्रकरण अनुसन्धानलका लागि काठमाडौँबाटै प्रकाउ गरिएको छ। यस विषयमा  ब्युरोले थप अनुसन्धान गर्नुपर्ने भएकाले उहाँलाई नियन्त्रणमा लिइएको हो ”  प्रवक्ता श्रेष्ठले भन्नु भयो ।