ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको एक हप्ता लामो ट्राफिक सप्ताह कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम AIG ईश्वर कार्की तथा SSP नवराज अधिकारीको उपस्थितिमा सम्पन्न भएको हो। बुढानिलकण्ठ नगरपालिका वडा -३ स्थित आयोजित उक्त कार्यक्रममा नगर प्रमुख मिठा राम अधिकारी ,उप प्रमुख अनिता लामा र वडाका जन-प्रतीनिधीहरुको उपस्थिति रहेको थियो। बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख नारायण सिंह बिष्टको नेतृत्वमा आयोजना गरिएको उक्त ट्राफिक सप्ताह अन्तर्गत ट्राफिक नियम, सडक सुरक्षा तथा नागरिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको  थिए।

कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सिक्किमका अभिनेता पदम तामाङ हाल प्रदर्शनरत नेपाली चलचित्र ‘गोबर गणेश’ को प्रचार–प्रसारका लागि नेपाल आएका थिए। सोही अवसरमा उनी ट्राफिक सप्ताह कार्यक्रममा समेत उपस्थित भई ट्राफिक नियम पालन र सडक सुरक्षाको सन्देश प्रवाह गरेका थिए।

साथै कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको उपस्थिति पनि रहेको थियो। ट्राफिक सप्ताहकै अवसरमा करुणा अस्पताललाई Hospital Partner का रूपमा समेट्दै निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। शिविरमार्फत सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए। कार्यक्रममा बुढानिलकण्ठ–१३ का समाजसेवी सरोज श्रेष्ठ तथा ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठका प्र.ना.नि. टीका राम ओलीको समेत उपस्थिति रहेको थियो। एक हप्तासम्म चलेको उक्त ट्राफिक सप्ताहले ट्राफिक नियम पालन, सडक सुरक्षा तथा स्वास्थ्य सचेतनामा नागरिकको ध्यानाकर्षण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।