बुढानिलकण्ठ नारापालिका वडा-३ मा अवस्थित  २०५१ सालमा स्थापित बाल विकास बोर्डिङ्ग हाई स्कुलले आफ्नो बिद्यालय २९ औं बर्षमा  प्रवेश गरेको अवसर विविध अतिरिक्त क्रियाकलाप लगायत बिषयगत परियोजना कार्यलाई समेत समावेश गरी शैक्षिक प्रदर्शनी " स्कुल मेला " भव्यताका साथ सम्पन्न गरेको छ।

औपचारिक  कार्यक्रमको  उद्घाटन गर्दै प्रमुख अतिथिको रुपमा बुढनिलकण्ठ नगरपालिकाका उप - प्रमुख अनिता लामा ,वडा-१ का सदस्य विकास तामांग ,समाज सेवी एवं पुर्व उप -प्रध्यानाध्यापक ब्रम्हदेव श्रेष्ठ ,विद्यालयका  प्रिन्सिपल महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 

उक्त स्कुल मेलामा बिद्यार्थीहरुले निर्माण गरेका परियोजनाहरु प्रदर्शनीमा राखिएको थियो। कृषि विज्ञानका तर्फ टनेल खेती , वनस्पति विज्ञान तर्फ वृक्षारोपण र संरक्षण ,सहरी क्षेत्र स्मार्ट सिटी  ,बिज्ञान तर्फ जलबिधुत आयोजना एवं बिजुली र गणित , ज्यामिति समावेश गरिएको थियो।साथै बिद्यार्थीहरु द्वारा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।

शैक्षिक प्रदर्शनीको अवलोकन गर्दै उप- प्रमुख अनिता लामाले बिद्यार्थीहरुले निर्माण गरेका परियोजनाहरुको प्रशंसा गर्दै बुढानिलकण्ठ नगरपलिका भित्र रहेका बिद्यालयहरुले यस किसिमका शैक्षिक प्रदर्शनीहरुको निरन्तरता दिनु पर्ने बताउनु भएको छ। बिद्यालयले हरेक वर्ष बिद्यार्थीहरुको ज्ञान वृद्धि गर्नका लागि विविध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको प्रिन्सिपल महेश श्रेष्ठले बताउनु भएको छ।  शैक्षिक प्रदर्शनी एवं स्कूल मेलामा उल्लेखनिय रुपमा अविभावक एव बिद्यार्थीहरुको सहभागिता रहेको थियो।