विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

अधिकारी र भण्डारीमाथि नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।