बुढानीलकण्ठ युथ सर्कलको आयोजनामा भोलि मिति २०८० चैत्र १० गते निःशुल्क आँखा शिविर कार्यक।रमको आयोजना हुने भएको छ ।

विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा तिलगंगा अस्पतालसँगको महत्वपूर्ण सहकार्यमा उक्त कार्यक्रम आयोजना हुँदैछ । 

शिविर बिहान ९ बजेदेखी दिनको २ बजेसम्म सञ्चालन हुनेछ । शिविर कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा हुने भएको छ । निःशुल्क आँखा परिक्षण सँगै विभिन्न औषधीहरुको समेत निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएका छन् । 

शिविर कार्यक्रमको थप जानकारीका लागि तल उल्लेखित सम्पर्क नम्बरबाट प्राप्त गर्न सकिनेछ ।  

रण बहादुर तामाङः ९८५१००१९८१ अथवा

बालमाया श्रेष्ठः ९८४१३९९१५४