कसै कसैले भेदभाव गर्दा समेत पक्कै थिइन हाम्रि नेपाल आमा ।
यहि देशको कसै कसैले अन्याय र अत्याचार गर्दा त्यो युगमा यही देशमा देशकै लागि आफ्नो ज्यानको आहुति दिन सक्ने र देशकै लागि योगदान र बलिदान दिन सक्ने वीर पुरुष जन्माउने यिनै हुन् नेपाल आमा ।

दुख चाहिँ यति हो कि छिमेकी जिल्लामा फेला पर्दा रेे सुन काठमाडौँको राजधानीमा छिर्नेबित्तिकै चै हुँदोरहेछ र पित्तल र तामा........
खोइ कुनचाहिँ परेछ रे प्रभावशाली भान्जा र मामा हालैको देशैभरीको मसला त्रिभुवन हवाईजहाज परिसरमा भेटीएको एक सय किलो सुन घटेर ६१ चानचुन भयो रे सुन खोई कहाँ कहाँबाट पसेको होलारे रत्न मा घुन या मिलिजुली लगाउने त होला रे घांङ्गर र जामा ।
 २०८०/५/०७
दामोदर भण्डारी