एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको छ । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर मन्त्री किराती सहितको टोलीले स्वागत गर्नुभएको हो । 

चिनियाँ पर्यटनलाई चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले समेत स्वागत गरेको थियो । कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।