नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव दिए पनि उक्त प्रस्तावमा सहमति जुटन नसकेपछि पार्टी फुटको संघारमा पुगेको छ ।
महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले बिहान आफ्नै निवासमा बोलाएको भए पनि सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
महामन्त्रीद्धयले कांग्रेसलाई एकढिक्का गराएर लैजानुपर्छ भन्दै अन्तिम समयसम्म पनि सहमतिका लागि पर्खने रणनीति लिएअनुसार आज बिहान वार्ता भएको थियो ।

सहमतिका लागि महाधिवेशन पक्षधरले ८ बुँदे प्रस्ताव अघि सारेको थियो । जसमा सहमति जुटन नसकेपछि विशेष अधिवेशन निर्वाचन प्रकृया अघि बढाएको छ ।
योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ ।
सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो ।
निर्वाचन प्रक्रिया अगाडि बढेको मनोनय काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएसँगै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयनपत्र दर्ता प्रक्रिया पूरा भएकाले थप प्रक्रिया अगाडि बढाउन थप निर्वाचन कार्यतालिका संशोधनसहित प्रकाशित भएको हो ।

संशोधित कार्यतालिका अनुसार नामावली प्रकाशन ४ बजे, दाबी विरोध ४ बजेदेखि ४ः३० सम्म, छानबिन ४ः३० देखि ५ बजेसम्म, पुन नामावली प्रकाशन ५ बजेर ५ मिनेटमा हुनेछ भने उम्मेदवारको मनोनयन फिर्ताका लागि ५ः५ देखि ५ः३० सम्मको समय दिइएको छ । अन्तिम उम्मेदवारको नामावली प्रकाशन ६ बजे हुनेछ भने मतदान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा जारी विशेष महाधिवेशन रोक्न छलफल जारी राखेको संस्थापन पक्षले लामो मिहिनेतपछि केन्द्रीय समिति बैठक राखेको हो । बैठकमा विशेष महाधिवेशनमा सहभागी सदस्य भने उपस्थित भएका छैनन् ।

प्रतिकृयाहरु