सिन्धुपाल्चोक, साउन १३ गते । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासा बढ्दै गएको छ । 

यसको एक उदाहारण हो पाँचपोखरी थाङपाल गाउँपालिकाले कृत्रिम झरना निमार्णका लागि एक करोड २९ लाख रकम खर्चेको छ । दश लाख बढी बजेटमा डिपिआर गरिएको थियो । उक्त गाउँपालिकामा पाँच दर्जन भन्दा बढी प्राकृतिक मनोमहक झरना छ । प्राकृतिक झरनालाई ब्यबस्थित बनाउन छाडेर कृतिम झरना निमार्ण गर्नु उचित नभएको स्थानीयहरुले आपत्ति जनाउदै आएका छन् । 

‘प्राकृतिक झरनाले भरिभराउ स्थानमा किन कृत्रिम झरना निमार्ण गर्नु पर्याे ?’ स्थानीय प्रकाश सापकोटाले प्रश्न गर्नु भयो । के उदेश्यका लागि निर्माण गरिएको भन्ने पनि स्पष्ट नभएको उहाँको भनाई छ । गाउँपालिका भरमा रहेका प्राकृतिक झरना, पर्यटकीय क्षेत्रमा सही र सदुपयोगपूर्ण तरीकाले बजेट खर्च गर्न पनि उहाँले सुझाव दिनु भएको छ ।

उक्त कृतिम झरना गाउँपालिका वडा नम्बर– ३ स्थित छिम्ती भीरको पाँच सय मिटर उचाईबाट झरना खसालिएको छ । त्यसबाट खसालिएको पानी कँही कत्तै प्रयोगमा ल्याइएको छैन् । प्राकृतिक झरना छाडेर कृत्रिम झरनामा कोही कसैले सेल्फी समेत खिच्ने गरेका छैनन् । उक्त वडाका अध्यक्ष ङिमाछिरिङ तामाङले कृत्रिम झरनाले स्थानीय सरकार र जनता समृद्ध हुने दावी गर्नुभयो । सिचाँइ, खानेपानी, जलबिद्युत आयोजना लगायत बहुउद्धेश्यीय उद्धेश्यले कृत्रिम झरना निमार्ण गरिएको अध्यक्ष तर नेपाली काँगे्रसका जिल्ला सभापति जंगबहादुर लामाले अनुत्पादक क्षेत्रमा सरकारी बजेट हालेर भ्रष्टचार नगर्न चेतावानी दिनुभयो । गाउँपालिका समृद्ध बनाउन जनताको दैनिकीमा परिर्वतन आउने खालका काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । 

यता गाउँपालिका अध्यक्ष टासी लामाले कृत्रिम झरना निमार्ण सँगै पालिकालाई पर्यकटीय हब बनाउने लक्ष्य राखेको बताउनुभयो । 

-गोरखापत्र