बुढानिलकण्ठ नगरपालिका वडा-३ मा अवस्थित बाल विकास बोर्डिङ्ग हाई स्कूलमा " Global MOney Week 2024 " को पहिलो कार्यक्रम चैत्र ५ गतेका दिन बिद्यालय प्रांगणमा हुने भएको छ। बाल बालिका र युवाहरुमा वित्तिय ज्ञान ,सिप ,बचत र मनोवृद्धि विकास गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकको कार्यक्रम अन्तर्गत Learn , Save ,Earn भन्ने नारा सहित वित्तिय साक्षरता कार्यक्रम हुन् गईरहेको स्कूलका प्रिन्सिपल महेश श्रेष्ठले बताउनु भएको छ।


नेपाल बैंक लिमिटेड ,प्रकृति संरक्षण समाज र बाल बिकास बोर्डिङ्ग हाई स्कूलको सहकार्यमा बिद्यालयका ४५० बिद्यार्थीहरुले दैनिक एक रुपैयाँ  बचत गरि बार्षिक ३६५ रुपैयाँ अनिवार्य बचत गर्ने गरि एक बिद्यार्थी दैनिक बचत बैंक खाता खोलि उक्त कार्यक्रमको शुभारम्भ हुनेछ।बुढानिलकण्ठ नगरपालिकामा रहेको बिद्यालयहरु मध्य बाल विकास बोर्डिंग हाई स्कूल " Global MOney Week 2024 " को कार्यक्रममा सहभागिता जनाउने पहिलो बिद्यालय हुने छ। 

"Global Money week 2024 " वित्तिय साक्षरता कार्यक्रमले बिद्यार्थीहरुमा वित्तीय प्रणाली , मुद्रास्फीति, करहरू, र बैंकिङ प्रक्रियाहरू जस्ता अवधारणाहरू बारे जाने मौका पाउनेछन । यस किसिमको ज्ञानले बिद्यार्थीहरुमा वित्तीय संसारका जटिलताहरूलाई आत्मविश्वासका साथ नेभिगेट गर्न तयार गर्दछ। आर्थिक रूपमा साक्षर विद्यार्थीहरूले बचत र लगानीको अवधारणा बारे बुझ्न पाउनेछन। विभिन्न बचत विकल्पहरू जस्तै बैंक खाताहरू, म्युचुअल फंडहरू, र सेवानिवृत्ति योजनाहरू बारे जानकारी लिनेछन । लगानीका आधारभूत कुराहरू बुझ्दा उनीहरूलाई भविष्यका लक्ष्यहरूको लागि आफ्नो पैसा बढाउने बारे सूचित निर्णयहरू गर्न सक्षम बनाउन सहयोग पुग्ने स्कूलका प्रिन्सिपल महेश श्रेष्ठले बताउनु भएको छ।