काठमाडौं, वैशाख ३१ गते। काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ। यसपश्चात् नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापित ३१९ मतसहित दोस्रो र नेपाली कांग्रेसकी सिर्जना सिंह २०२ मतसहित तेस्रो मत प्राप्त गर्नुभएको छ। 

महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले अहिलेसम्मको मतगणनामा साझा पार्टीका प्रमुखका उम्मेदवार समीक्षा बास्कोटा १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५३ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो।

यसैगरी, एमाले उपप्रमुखका उम्मेदवार सुनिता डंगोलले ५२०, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ११०, राप्रपा उपप्रमुखमा १०५ मत खसेको छ। खतिवडाका अनुसार वडा नम्बर १ र ३२ का पाँच/पाँच सय र वडा नम्बर २ को १८० संख्याको मतगणना गर्दा सो परिणाम आएको हो।

काठमाडौं महानगरको मतगणना शनिबार बिहान साढे ९ बजेदेखि सुरु भएको हो।