काठमाडौँ, वैशाख १ गते । आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ भएको छ । नयाँ वर्षको उपलक्ष्यमा देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गरी नयाँ वर्ष उत्सव मनाइरहेका छन्। 

गएको वर्षभरि भए गरेका कामकारबाहीको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू बनाउने गरिन्छ । यो परम्परा परापुर्व कालदेखि नै चलिआएको छ । आम नेपाली होस् या नेपाली समुदायभित्रका विभिन्न समुदाय ती सबैले आ-आफ्नो संस्कृतिअनुसार मान्दै आएका ऋतु, पर्व विशेषलाई नयाँ वर्ष अर्थात् नयाँ शुरुआतको दिनको रुपमा लिन्छन् ।

नयाँ वर्षमा नजिकका साथीभाईसँगै बसेर मीठोमसिनो खाने, राम्रो लगाएर रमाइलो गर्ने गरिन्छ। आफन्तजनसँग घुम्न जाने, रमाइलो गर्ने विशेष दिनको रुपमा लिइन्छ । 

अहिले बसन्त ऋतुको आनन्द लिइरहेका छौँ । बसन्त ऋतुको आगमनसँगै वरपरका वातावरण मनमोहक बनेको छ । यो ऋतु यस्तो ऋतु हो जतिबेला कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ । 

नयाँ वर्षमा ढकमक्क फुलेका फूलका तस्बिरहरु: