काठमाडौँ । १७ वर्षीया एक गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोजेको बताएका छन् । उनले फेसबुकमार्फत फसाउन खोज्नेहरुको नाम नै सार्वजनिक गरेका छन् ।

पलले अडियोमा समेत सार्वजनिक गरेको नाममा दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईं छन् । उनले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, म माथिीलगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो’ , ‘हाम्रो सम्बन्ध २ बर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ साथै ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो’ लगायत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ, त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवानरुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।’

पलले ६ वटा अडियो क्लिप पनि सार्वजनिक गरेका छन् । आफू दोषी देखिए कारवाही भोग्न तयार रहेको समेत पलले लेखेका छन् ।

ती किशोरीकी बुवाले पलले जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ ।