सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानसँगको संवादलाई निरन्तरता दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बार्तामा अभियानले यसअघि राखेको २७ बुँदे मागकाका सम्बन्धमा बुँदागत रुपमा छलफल भइरहेको बताइएको छ ।
विशेषगरी वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा छलफल भइरहेको अभियानका नेताले जानकारी दिएका छन् ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री शुशिला कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका सचिवालयका पदाधिकारीहरुको उपस्थिति रहेको छ । त्यसै गरी अभियानका तर्फबाट संयोजक दुर्गा प्रसाईंले नै नेतृत्व गर्नु भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारले आफ्ना मागहरु सुनुवाइ गर्न सुरु गरेको बताउनु भएको छ ।
आफूहरुले उठाउका जनजीविकाका विषय सुनुवाइ गरेको भन्दै प्रसाईंले सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आज भएको बार्तामा अभियानले राखेका २७ बुँदे मागका सम्बन्धमा बुँदागत रुपमा छलफल भएको प्रसाईंले बताउनु भयो ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना मागहरुलाई जनजीविका सम्बन्धित मागको रुपमा लिएको भन्दै पुस २ गतेसम्म कुनै निर्णयमा सरकार पुग्ने आश्वासन पाएको बैठकपछि प्रसाईंले संचारकर्मीलाई जानकारी दिनुभयो ।
अभियानले उठाउँदै आएको माग पुरा गरेर निर्वाचन गर्न उपयुक्त हुने सुझाब आफूले दिएको प्रसाईंको भनाइ थियो ।

प्रतिकृयाहरु