जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कर्फ्यु आज विहान १० वजे सम्मकालागी यथावत रहेको छ । अवस्था हेरी पुनः समय सिमा तोकिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सुनसरी दक्षिण वर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि चैत्र २३ गते साँझ ५ बजे देखि लागु हुने गरी पाँच पालीकामा अनिश्चीतकालीन कर्फ्यु लगाइएको थियो । अहिले भुटाहा बजार क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी तथा चेकजाँच गरेर चल्न दिइएको छ भने बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनसरीमा देखिएको पछिल्लो घटनाक्रमलाइ शान्त पार्न जिल्ला प्रशासन कार्यालय सुनसरीको पलहलमा बसेको सर्वपक्षिय सर्वदलिय वैठकले संयुक्त अपिलको आह्वान गरेको छ ।

स्थानिय प्रशासनको कडाइका बीचसमेत स्थानियले प्रदर्शन गरेका छन् भने ठाउँठाउँमा टायर बालेर विरोध प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीले हरिनगरगाउँपालिका तोडफोड समेत गरेका छन् ।

हरिनगराको भुटहामा भएको झडपमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी झनै उग्र बन्दै गएका थिए ।