टोखा नगरपालिकाको ngr प्रमुख पदमा प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा जित हासिल गरेका हुन् ।

निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन् ।

टोखाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । ज्ञानमायाले ९ हजार ५१८ मत पप्त गरेकी छिन् ।