बागलुङ जिल्लामा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ परेका छन् । जैमिनी नगरपालिका–१० को हाँडिकोट भ्यु टावरमा काम गर्ने क्रममा श्रीमतीले दुई पुरुषसँग लिएर आफ्नै पतिको हत्या गरेकी हुन् ।
किटानी जाहेरीपछि ती महिलासहित दुई पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुई श्रीमती माथी ल्याएकी तेस्रो श्रीमती (कान्छी) ले तीन जनासँग मिलेर लमजुङ जिल्ला क्वहोलासोथार गाउँपालिका वडा ९ घर भई हाँडिकोस्थित भ्यु टावरमा काम गर्न आउनुभएका ६२ वर्षिय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।
सोमबार दिउँसो ४ बजे हाँडिकोट सामुदायिक वनभित्र शव भेटिएपछि ती महिला र दुई पुरुषलाई स्थानीयबासीको सहयोगमा प्रहरीले घटनास्थल नजिकैबाट पक्राउ गरेको हो । मंगलबार प्रहरीले तीनै जनालाई सदरमुकाम ल्याएर अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
सार्कीलाई ढुंगाले प्रहार गरेर विभत्स रुपमा हत्या भएको अवस्थामा शव फेला पर्नुभएको थियो । उहाँको हत्यामा आफ्नै कान्छी पत्नि २६ वर्षिय लक्ष्मी नेपाली, नेपालीसँगै काम गर्ने कास्कीको पोखरा महानगरपालिका वडा ६ का ३८ वर्षिय राम आकाश विश्वकर्मा र कास्कीकै मादी गाउँपालिका वडा ३ का ५६ वर्षिय दमाइ भनेर चिनिने आसपुरे कामी पक्राउ परेको पर्नुभएको हो । उहाँलाई जिल्ला अदालत बागलुङबाट म्याद थपेर अनुन्धान भइरहेको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनुभयो ।
सार्कीको विभत्स शव देखेपछि स्थानीयबासीले प्रहरी गुहारेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा र जैमिनी नगरपालिकाको कुश्मीसेराबाट खटिएको टोलीले घटनास्थलबाट पुगेर सार्कीको शव उठाएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सोमबार बिहानैदेखि छोरेडाँडाखानी भन्ने स्थानमा मृतक र फक्राउ परेका व्यक्तिले रक्सी सेवन गरेको, काम गर्न जाँदा बाटोमै झगडा भएको अवस्थामा उनीहरुले मृतकको टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको अनुमान छ ।

प्रतिकृयाहरु