अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। 

अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस लिएको अभियोगमा अख्तियारको टोलीले वडा अध्यक्ष अलिलाई पक्राउ गरेको हो । उक्त रकमसहित अलीलाई कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।