झापा, बैशाख १० गते ।

झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।
 
सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । 

उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।-- Nepal police