नेपालको अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालु तीन दिनपछि फेला परेका छन् । अनुरागको अवस्था निकै नाजुक रहेको र उनको अस्पतालमा उपचार भइरहेको उनका भाइले बताए ।
३४ वर्षीय अनुराग राजस्थानको किशनगढ निवासी हुन् । उनी सोमबार अन्नपूर्ण हिमालबाट ओर्लने क्रममा क्याम्प–३ बाट गहिरो खाडलमा खसेका थिए । उनी जहाँबाट खसेका थिए त्यो स्थान समुन्द्र सतहबाट ६ हजार मिटर उचाइमा छ ।
अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो।
अनुरागको उद्धारको खबर सुनाउँदै उनका भाइ सुधीर मालुले भने, "उनी जिउँदै फेला परेका छन्। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ। अहिले उहाँलाई छिट्टै निको पार्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ।उनलाई पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

हिमाल आरोपहणसम्बन्धी नेपालको सेभेन समिट ट्रेक्स कम्पनीका व्यवस्थापक थानेश्वर गुरागाईका अनुसार अनुराग खाल्डोमा खसेर बेपत्ता भएपछि उनलाई खोज्न छांग दावाको नेतृत्वमा सात नेपाली शेर्पाको टोली खटेका थिए । 

अन्ततः ३ सय मिटर तल खाल्डोमा अनुराग भेटिएका थिए ।बीबीसीहिन्दीका अनुसार राजस्थानका अनुराग ८ हजार मिटर उचाईका १४ हिमाल र सात महादिपका सात अग्लो पवर्त चढ्ने अभियानका क्रममा उनी अन्नपूर्ण हिमाल चढ्न नेपाल आएका थिए ।