स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले निजी मेडिकल र डेन्टल कलेज तथा अस्पताललाई मन्त्रालयसँगको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको हो ।

मङ्सिर १५ मा भएको सहमति कार्यान्वयन नभएको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

मङ्सिर १५ गते  निजी मेडिकल र डेन्टल  कलेज तथा अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा  सम्बन्धमा भएको सम्झौता र सोको कार्यान्वयनमा मन्त्रालयले पत्राचार गरिसकेको छ ।

 उक्त सम्झौतामा नर्स र स्वास्थ्यकर्मी उल्लेख भएपनि स्वास्थ्यकर्मी भन्नाले ल्याब, डेन्टल, सामान्य चिकित्सा, फार्मेसी, रेडियालोजी, जनस्वास्थ्यकर्मी लगायत सेवा समूहका जनशक्ति पर्ने मन्त्रालयले जनाएको छ।