नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको हो ।

”सहकारीको विषयमा गृहमन्त्रीको नाम जोडिएकोले हामीले संदन पनि प्रश्न उठाइरहेका छौ । गृहमन्त्रालयले निष्पक्ष छानविन गर्छौ भनिरहेको छ । यो छानविनको निश्पक्क्षता विश्वसनीयताका लागि गृहमन्त्री पदबाट बाहिरिनु पर्छ । त्यो भएमात्र छानविन निश्पक्क्ष हुन्छ” बडुले भन्नु भयो ।

बडूले छानबिन हुँदा गणतन्त्र लोकतन्त्र झन् बलियो हुनेभन्दै अहिलेको आवश्यकता भनेको छानबिन निष्पक्षता र विश्वसनीयतका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने भएको दोहोराउनु भयो ।

‘छानबिन निष्पक्ष हुन्छ, कानूनभन्दा माथि कोही हुन्न । अहिलेको आवश्यकता नै त्यत्ति हो । यो व्यक्ति वा त्यो व्यक्ति भन्ने होइन, जो सुकै होस्, उजुरी परेपछि छानबिन हुनुपर्छ ।’

सांसद बडुले काँग्रेस सांसद विनोद चौधरी माथि छानविन हुँदै छ भनेर सभामुखलाई दिएको चिठी असंवैधानिक र गैर कानुनी भएको भन्दै त्यसको प्रतिवाद समेत गर्नुभयो ।