मिति २०२८० -११-१४ गतेका दिन अपरान्हको समयमा गोकर्णेश्वर नगरपालिका वडा-३ तारेभीर स्थित शिवपुरी नागार्जुन राष्ट्रीय निकुञ्जको जंगलमा  ( घरबाट १ किलो मिटर टाढा ,स्कूल जाने बाटो भन्दा १० मिटर तल ) २ वटा हात मात्र देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा-३ तारेभीर बस्ने १८ बर्षीय सुष्मा लामाको शव फेला परेपछि नेपाल प्रहरीले मृतक  सुष्मा लामाको हत्यामा संलग्न अभियुक्त खोजिको लागि " अपरेशन तारेभीर " शुरु गरेको थियो। 

तारेभीर गाउँमा दुवै जना करिब एक-दुई वर्षदेखि सँगै घाँस काट्न, बाख्रा चराउन जङ्गलमा जाने गरेको र निज लामाले एकतर्फी रुपमा मन पराउँदै आएका बताइएको छ। पक्राउ परेका २१ वर्षीय रुपेन्द्र लामाले लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएको र पटक पटक प्रेम प्रस्ताव राख्दा पनि सुष्माले अस्विकार गरेपछि प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतबार प्रहरीले सुष्माको हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अभियुक्त रुपेन्द्रले करीब ८ दिन सम्म सुष्मालाइ बाटोमा ढुकेर बसेको , हत्या गरेको दिन भन्दा ४ दिन अगाडि देखि नै साथमा खाल्डो खन्न प्रयोग भएको कुट्टो साथमा लिई हिडेको र २०८०-१०-२२ गतेका दिन नै कलेज जाने बाटोमा सुष्माको हत्या भएको अनुसन्धानबाट खुलेको छ। 

घटनाको दिन मृतक एक्लै कलेज गइरहेको अवस्थामा निजले बाटो छेकेर प्रेम प्रस्ताव राखेको र लामाले इन्कार गर्दा आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रेम प्रस्ताव अस्वीकार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगेर टाई र जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सुष्मा मरेपछि कुटोले खाल्डो खनी पुरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ। पक्राउ परेका रुपेन्द्र लामाका साथबाट मृतक सुष्मा लामाको ब्याग ,किताब र मोबाइल फेला परेको छ भने घटनास्थलमा मृतकलाई खाल्डो खन्न प्रयोग भएको कुट्टो बरामद गरेको छ। 

निजले गत माघ २३ गते google बाट बेहुला र बेहुलीको फोटो डाउनलोड गरि मृतकको फेसबुकमा पोस्ट राखी  ‘सरी सबैलाई म तीन दिनपछि आउँछु’ लेखेर पोष्ट गरेपछि फेसबुक अकाउण्ट डिएक्टिभ गरेको थियो। मृतकका आफन्तहरुले खोजतलासको लागि प्रहरीमा निवेदन दिएको मृतककि आमाले रुपेन्द्रको घरमा गई कुरा गरेको थाहा पाएपछि रुपेन्द्रले २०८०-१०-२६ गतेका दिन मृतक सुष्माको मोबाइलबाट दिदि बिन्दा तामांगको मोबाइल नम्बरमा  " kina k ko police report gareko mo 3 dinma auxu vanda vandai kasto manxey haru raix aba auxu van thanira hola aba molai bacha pani vai sakyo hola hamilai jailma halera k pauxa abata taada gayar basne ho kaisai lai k ko pani chinta lenu pardaina hamro "  पठाइसकेपछि अन्य कल मेसेज  केहि नगरी उक्त फोन स्विच अफ गरि राखेको थियो। 

सुष्मा हत्याका आरोपित लामालाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाइएको छ। 

-Nepal police