पाँचथर, बैशाख १० गते ।

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ बर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।